Kathmandu Press

आज पनि देशभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, भदौ १२ : मनसुनी वायुको प्रभावले आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका...
आज पनि देशभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, भदौ १२ : मनसुनी वायुको प्रभावले आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशको थोरै स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ। मनसुनी वायुसँगै न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आज बिहानदेखि देशभर वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशको अधिकांश भूभागमा मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

शनिबार राति देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने महाशाखाको आकलन छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षा हुने जनाइएको छ।

नदी तथा खोलमा बाढी आउन सक्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०७:१३ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्