बागमती प्रदेशको आठौँ अधिवेशन अन्त्य
हेटौंडा, भदौ १२ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गरेका छन्।बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार अधिवेशन अन्त्य गरेको...
हेटौंडा, भदौ १२ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गरेका छन्।
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार अधिवेशन अन्त्य गरेको उनको सचिवायले जनाएको छ। प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषद्को सिफारिस लगत्तै नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम गएराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
गत जेठ १६ गतेदेखि सञ्चालनमा भएको बागमती प्रदेश सभाको आठौँ अधिवेशनले हालसम्म २४ वटा बैठक बसेको थियो। त्यस अवधिमा प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ।
त्यसैगरी प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित र प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ। प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ।
यसै अधिवेशन बैठकको भदौ २ गते बागमती प्रदेश सरकार परिवर्तन भएको थियो। तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएलगतै प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य चयन भएकी थिइन्।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
