प्रशिक्षक वाट्मोरले दिए राजीनामा
काठमाडौं, भदौ १२ : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव वाटमोरले राजीनामा दिएका छन्।आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्रिकोणात्मक सिरिजका लागि ओमानमा...
काठमाडौं, भदौ १२ : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव वाटमोरले राजीनामा दिएका छन्।
आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका मुख्य प्रशिक्षक वाट्मोरले शुक्रबार क्यानलाई इमेल पठाउँदै राजीनामा दिएका हुन्।
प्रशिक्षक वाट्मोरले राजीनामा दिए पनि स्वीकृत नभएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। वाट्मोरले पारिवारिक कारण देखाउँदै ओमान भ्रमणपछि नेपाली टिम छोड्न चाहेको अध्यक्ष चन्दले बताए।
‘उहाँले ओमान भ्रमणपछि टिम छाड्छु भन्नु भएको छ। तर, राजीनामा स्वीकृत भइसकेको छैन। यस विषयमा उहाँसँग पनि छलफल गर्छौं र निर्णयमा पुग्छौं,’ अध्यक्ष चन्दले भने।
कोभिड महामारीको समयमा परिवारसँग समय बिताउन वाट्मोरले राजीनामा दिएको बताएका छन्। उनको परिवार श्रीलंकामा छ। वाट्मोरले ओमान भ्रमणपछि उतैबाट श्रीलंका जान चाहेको अध्यक्ष चन्दले बताए।
श्रीलंकालाई विश्वकप उपाधि दिलाएका प्रशिक्षक वाट्मोर ८ महिनाअघि मात्र खुलाप्रतिस्पर्धाबाट नेपाली टिमको मुख्य प्रशिक्षक बनेका थिए। उनको कार्यकाल अझै चार महिना बाँकी छ।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
