Kathmandu Press

अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित

काठमाडौं, भदौ ११ : सरकारले अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएको छ। हाल काबुलमा ४२ जना एउटै समूहमा रहेका र उनीहरू सुरक्षित...
अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित

काठमाडौं, भदौ ११ : सरकारले अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएको छ। हाल काबुलमा ४२ जना एउटै समूहमा रहेका र उनीहरू सुरक्षित रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ। 

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको र उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले आज साँझ प्रेस विज्ञप्ति जारी गरेर बताएको छ।

काबुलबाट बिहीबार उद्धार गरेर नयाँदिल्ली पु¥याइएका ११ जना काठमाडौँ आउने प्रक्रियामा रहेको पनि उक्त मन्त्रालयले जनाएको छ। अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’मा आफ्नो नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ। 

प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्