Kathmandu Press

सीटीईभीटीको काम चित्तबुझ्दो भएनः महासचिव पौडेल

काठमाडौं, साउन ३ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)को काम....

सीटीईभीटीको काम चित्तबुझ्दो भएनः महासचिव पौडेल

काठमाडौं, साउन ३ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)को काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

महासचिव पौडेलले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्नेमा सीटीईभीटीको काम चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका हुन्। 

सीटीईभिटी राष्ट्रिय कर्मचारी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण हुने गरी आफ्नो काम कारबाहीलाई अघि बढाउन पनि सिटिईभीटीलाई सचेत गराए। उनले सीटीईभीटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक नीतिगत, कानूनी  र संरचनागत व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिवद्धता पनि जनाए।

महासचिव पौडेलले जीवन उपयोगी शिक्षा र तालिम दिने उद्देश्यका साथ २०४५ सालमा स्थापना गरिएको सीटीईभीटीले मुलुकको राष्ट्रिय आवश्यक्ता अनुसारको जनशक्ति निर्माणको कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने जरुरी रहेको पनि बताए। उनले शिक्षालाई जीवन उपयोगी बनाएर मात्रै मुलुकको समृद्धि सम्भव हुने भएकाले त्यसमा गम्भिर भएर सोच्न पनि सीटीईभीटीका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका थिए।
 

प्रकाशित मिति: १५:४९ बजे, शुक्रबार, साउन ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्