Kathmandu Press

यातायात व्यवस्था प्राधिकरण गठन गर्ने सरकारको तयारी

काठमाडौं, साउन ३ : सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने तयारी गरेको छ। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री र....

यातायात व्यवस्था प्राधिकरण गठन गर्ने सरकारको तयारी
फाइल

काठमाडौं, साउन ३ : सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने तयारी गरेको छ। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिएका हुन्। 

काठमाडौंमा कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरुको सेवाको एक कार्यक्रमका बीच शुभारम्भ गर्दै उनले त्यसका लागि विधेयक तयार भएको र आगामी हप्ता सो विधेयक संसदमा पेश गर्ने पनि बताए। उनले यातायात व्यवसायीहरुकै परामर्शमा सो प्राधिकरण गठन गर्न लागिएको पनि स्पष्ट पारे।

मन्त्री महासेठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागि परेको पनि बताए।  तर, त्यसका लागि यातायात व्यवसायीहरुले सरकारलाई सक्दो सहयोग गर्नुपर्ने पनि मन्त्री महासेठको भनाइ छ।
 

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, साउन ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्