Kathmandu Press

प्रदेश-१ मा दुई मन्त्रीले लिए सपथ

बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र लछुमन तिवारी उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । दुवैलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।
प्रदेश-१ मा दुई मन्त्रीले लिए सपथ

काठमाडौं, भदौ ११ : प्रदेश-१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र लछुमन तिवारी उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । दुवैलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।

दुवैजना नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निकटस्थ थिए । तर, नयाँ पार्टी गठनमा सहभागी नभई उनीहरू एमालेमै बसेका थिए । मुख्यमन्त्री आचार्य पनि नेपालको साथ छाडेर एमालेमै रहेका नेता हुन् ।

एमाले केन्द्रीय सचिव आचार्य बिहीबार प्रदेश–१ को मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बन्न सहज बनाएका थिए ।

प्रकाशित मिति: १८:०७ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्