प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त
काठमाडौं, भदौ ११ : कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त...
काठमाडौं, भदौ ११ : कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई भदौ २४ गतेदेखि लागुु हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशववप्रसाद घिमिरेद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १८:०२ बजे, शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
