परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले गरे मरणोपरान्त अङ्गदान
काठमाडौं, साउन ३ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनकी धर्मपत्नी सरस्वतीले मरणोपरान्त शरीरको अङ्गदान गरेका छन्। भक्तपुरको शहीद धर्मभक्त र....

काठमाडौं, साउन ३ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनकी धर्मपत्नी सरस्वतीले मरणोपरान्त शरीरको अङ्गदान गरेका छन्। भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएर उनीहरूले अङ्गदान गरेका हुन्।
सामाजिक सञ्जालमार्फत् मन्त्री ज्ञवालीले यसबारे जानकारी दिएका हुन्। मन्त्री ज्ञवालीले ट्वीटरमा भनेका छन्, ‘दुवै बूढाबुढीले आजश शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मरणोपरान्त अङ्गदान गरेर आयौँ। जिन्दगीको के भरोसा छ र!’
ट्वीटमा उनले भनेका छन्, ‘जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्तसमेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्– बस् यत्ति कामना छ।’
दुबै बुढाबुढीले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरमा (मरणोपान्त) अंगदान गरेर आयौं ।जिन्दगीको त के भरोसा छ र !जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्-बस् यत्ति कामना छ।
— Pradeep Gyawali (@PradeepgyawaliK) July 19, 2019

-1784896419.png)









