उपत्यकामा हाल ९,७८४ जना सक्रिय संक्रमित, ३,१२१ को मृत्यु
काठमाडौं, भदौ ११ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ७ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
काठमाडौं, भदौ ११ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ७ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ५४, भक्तपुरमा ९२ र ललितपुरमा १ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो।
हाल उपत्यकामा ९ हजार ७ सय ८४ जना सक्रिय संक्रमित छन्। तीमध्ये काठमाडौंमा ६ हजार ४०, भक्तपुरमा १ हजार ४ सय ७८ र ललितपुरमा २ हजार २ सय ६६ जना छन्।
कोरोना संक्रबणबाट अहिलेसम्म उपत्यकामा ३ हजार १ सय २१ जनाको मृत्युभइसेको छ। तीमध्ये काठमाडौंमा २ हजार ७, भक्तपुरमा ४ सय ६८ र ललितपुरमा ६ सय ३७ जना छन्।
प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
