काठमाडौं, भदौ ११ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन् ।
प्रतिष्ठानमा सरकारले गरिरहेको छानविनमा सहयोग पुर्याउन पदबाट राजीनामा दिएको डा. रेग्मीले बताएका छन् ।