Kathmandu Press

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

हेटौंडा, भदौ ११ : वाग्मती प्रदेशसभाको आठौं अधिवेशन आज (शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा...
बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

हेटौंडा, भदौ ११ : वाग्मती प्रदेशसभाको आठौं अधिवेशन आज (शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ। 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्। 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ।

प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो। 

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, भदौ ११, २०७८