Kathmandu Press

दक्षिण कोरियाका परमाणु दूतले वासिङ्टन भ्रमण गर्ने

सोल, भदौ ११ दक्षिण कोरियाका परमाणु दूतले कोरियाली प्रायद्वीपका मुद्दामा छलफल गर्न यस सप्ताहन्तमा वाशिङ्टनको भ्रमण गर्ने भएका छन्। दक्षिण कोरियाली विदेश मन्त्रालयले शुक्रबार...
दक्षिण कोरियाका परमाणु दूतले वासिङ्टन भ्रमण गर्ने

सोल, भदौ ११ दक्षिण कोरियाका परमाणु दूतले कोरियाली प्रायद्वीपका मुद्दामा छलफल गर्न यस सप्ताहन्तमा वाशिङ्टनको भ्रमण गर्ने भएका छन्। 

दक्षिण कोरियाली विदेश मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरियाली प्रायद्वीपमा शान्ति र सुरक्षा मामिलाका लागि दक्षिण कोरियाका विशेष प्रतिनिधि नोह क्यु-डुकले अमेरिकाको चार दिने भ्रमण गर्न लागेका हुन्।

भ्रमणको क्रममा नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग परामर्श गर्ने जनाइएको छ। उनी अमेरिकी विशेष प्रतिनिधि सुङ किमको निमन्त्रणामा आइतबारदेखि बुधबारसम्म वाशिङ्गटनको यात्रामा निस्कन लागेका हुन्। 

विशेष प्रतिनिधि नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग घनिष्ठ परामर्श जारी राख्ने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, भदौ ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्