संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइबाट अलग भए प्रधानन्यायाधीश राणा
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा अलग भएका छन्।
काठमाडौं, भदौ ११ : संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा अलग भएका छन् ।
कानून व्यवसायीले त्यसमा राणाको संलग्नतामाथि प्रश्न उठाएपछि रिटविरुद्ध सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट उनी अलग भएका हुन् । ३० मंसिरमा जारी भएका संवैधानिक परिषद्लगायत अध्यादेशविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा बहस चलिरहेको छ । कानून व्यवसायीले उनी इजलासबाट अलग हुनुपर्ने माग गरेका थिए ।
अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेको रिटमा शुक्रबार सुनुवाइ हुँदा प्रधानन्यायाधीश राणा अलग हुनुपर्ने माग कानून व्यवसायीले गरेका थिए । अध्यादेश जारी भएपछि संवैधानिक परिषद्को बैठकमा भाग लिएको र विपक्षी भई लिखित जवाफ पनि पेश गरेकाले इजलासबाट प्रधानन्यायाधीश राणा अलग हुनुपर्ने माग कानून व्यवसायीको थियो । उनी इजलासमा बस्दा स्वार्थ बाझिने उनीहरूले औँल्याएका थिए ।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
