Kathmandu Press

आयोगले संसद सचिवालयलाई दियो दुई नयाँ दलबारे जानकारी

काठमाडौं, भदौ ११ : निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रिय मान्यता प्राप्त दल बनेको औपचारिक जानकारी संसद...
आयोगले संसद सचिवालयलाई दियो दुई नयाँ दलबारे जानकारी

काठमाडौं, भदौ ११ : निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रिय मान्यता प्राप्त दल बनेको औपचारिक जानकारी संसद सचिवालयलाई दिएको छ।

आयोगले शुक्रबार संसद सचिवालयलाई पत्र नै पठाएर ती दुई दलले मान्यता पाएको जानकारी दिएको हो। आयोगको पत्र प्रापत भएपछि संसदमा पनि नेकपा (एकीकृत समाजवादी) र लोसपाले संसदीय दलको मान्यता पाउनेछन्। अब संसदमा राष्ट्रिय मान्यता प्राप्त दलको संख्या ६ पुग्नेछ।

अब नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट प्रतिनिधिसमा २३ र राष्ट्रिय सभामा ७ जना गरी संघीय संसदमा ३० जना सांसद हुनेछन्।

त्यस्तै ठाकुर नेतृत्वको लोसपामा प्रतिनिधिसभामा १३ र राष्ट्रिय सभामा १ गरी संघीय संसदमा १४ जना सांसद हुनेछन्। 

दुवै दलले निर्वाचन आयोगमै गएर सनाखत गरेपछि बुधबार प्रमाणपत्र पाएका हुन्।

प्रकाशित मिति: १५:२६ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्