Kathmandu Press

महाधिवेशन प्रक्रियामा देखिएको समस्या समाधान गर्न पहल

काठमाडौं, भदौ ११ : कांग्रेस संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ।पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास...
महाधिवेशन प्रक्रियामा देखिएको समस्या समाधान गर्न पहल

काठमाडौं, भदौ ११ : कांग्रेस संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुक्रबार बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको हो। 

बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै कांग्रेस नेता डा. मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग आजै छलफल गर्ने जानकारी दिए। 

‘अधिवेशन प्रक्रियामा केही व्यावहारिक कठिनाइ आएका छन्, उक्त कठिनाइलाई समाधान गर्नुपर्छ, जिल्ला सभापतिले राखेका मागलाईसमेत नेतृत्वले गम्भीररुपमा लिनुपर्छ,’ उनले भने। 

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री सिंह, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा शेखर कोइराला, डा. रिजाललगायत उपस्थित थिए। 

प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्