Kathmandu Press

गृहमन्त्रीले बाेलाए विपद् जोखिम व्यवस्थापन समितिको बैठक

काठमाडौं, भदौ ११ : अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा आएको बाढी, पहिरो र डुबानको अवस्थाबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाँडले विपद् जोखिम न्यूनीकरण...
गृहमन्त्रीले बाेलाए विपद् जोखिम व्यवस्थापन समितिको बैठक

काठमाडौं, भदौ ११ : अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा आएको बाढी, पहिरो र डुबानको अवस्थाबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाँडले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बोलाएका छन्।

गृहमन्त्रीको सचिवालयका अनुसार बैठकले विपद व्यवस्थापनमा कसरी जुट्ने भन्ने योजना तय गर्नेछ। गृहमन्त्री खाँडको अध्यक्षतामा हुने बैठकमा विपद व्यवस्थापन प्राधिकरण, मन्त्रालयको विपद व्यवस्थापन महाशाखा तथा चारैवटा सुरक्षा निकायका प्रतिनिधि सहभागी हुनेछन्।

केही दिनयताको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत विपदका कारण जनधनको क्षति भइरहेको छ।

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्