Kathmandu Press

भाइरल ज्वरोका बिरामीले भरिए अस्पताल

दाङ, भदौ ११ : मौसमी परिवर्तनका कारण  यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ।तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य...
भाइरल ज्वरोका बिरामीले भरिए अस्पताल

दाङ, भदौ ११ : मौसमी परिवर्तनका कारण  यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ।

तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन्। 

राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी त्यस्ता बिरामी  उपचारका लागि आउने गरेकामा अधिकांश वृद्धवृद्धा बालबालिका रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले जानकारी दिए।

कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको र अघिल्लो वर्षको तुलनामा भाइरल ज्वरोका बिरामी धेरै बढेको उनको भनाइ थियो।

सबै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएकाले  उपचारमा समेत समस्या भइरहेको बताइएको छ । 

तुलसी बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा किशोर खत्रीले विगतको तुलनामा केही दिन यता भइरल जरोका बिरामी बढ्न थालेको जानकारी दिए।  

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्