Kathmandu Press

लोकसेवा आयोग : १० वर्षमा ४६,५५,१६३ दरखास्त, ४५,५८१ सिफारिस

आयोगले महिलाको कोटामा कुन जात, समुदाय वा क्षेत्रबाट कतिले निजामती सेवामा प्रवेश गरे भन्ने तथ्यांक राखेको छैन। त्यस्तै, दलित, मधेसी, आदिवासी जनजाति, अपांगता भएका र पिछडिएको क्षेत्रबाट महिला वा पुरुषको तथ्यांक राखेको छैन।
लोकसेवा आयोग : १० वर्षमा ४६,५५,१६३ दरखास्त, ४५,५८१ सिफारिस

काठमाडाैं, भदाै ११ : यतिखेर ०७७/७८ मा लोकसेवा आयोगमा दरखास्त दिएका तीन लाखभन्दा बढीले विभिन्न तहमा परीक्षा दिइरहेका छन्। कोभिड–१९ का कारण परीक्षा ढिलाइ हुन गएको लोक सेवा आयोगको भनाइ छ।

२००७ मा प्रजातन्त्रको स्थापना भएसँगै निजामती कर्मचारीको नियुुक्ति स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले २००८ असार १ गते लोकसेवा आयोगको स्थापना गरिएको थियो। स्थापना कालदेखि आयोगले निजामती सेवाका पदमा उम्मेदवार छनोट गर्ने कार्य गर्दै आइरहेको छ। नेपालको संविधानमा निजामती सेवाको पद भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारी सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पदबाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनुपर्छ। सोही अनुुसार, प्रत्येक वर्ष विज्ञापन गरी लोकसेवा आयोगबाट सिफारिस गरिदिने लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुुवेदी बताउँछन्। ‘गत वर्षमा गरिएको विज्ञापनबाट दरखास्त भएकाको वर्ग छुुट्ट्याउन बाँकी छ,’ सुवेदीले भने, ‘तथ्यांक संकलन भइरहेको छ।’

पछिल्लो दश वर्षको तथ्यांक हेर्ने हो भने, लोकसेवा आयोगमा ४६ लाख ५५ हजार एक सय ६३ जनाले दरखास्त दिएका छन्। त्यसमध्ये विभिन्न परीक्षा पास गरी २०६४ यता १३ वर्षमा लोकसेवा आयोगबाट समावेशी तथा खुुला विज्ञापनबाट ५३ हजार चार सय ५३ व्यक्ति सिफारिस भएका छन्। ‘मागभन्दा धेरै दरखास्त हुुने भएकाले विभिन्न तहको परीक्षा तथा अन्तर्वार्ता लिएर छान्ने गर्छौं,’ सूचना अधिकारी सुवेदीले भने, ‘विभिन्न तहको परीक्षा पास गरेपछि मात्र अन्तिममा लोकसेवा आयोगले सिफारिस गर्छ।’

Hardik ivf

८ वर्षमा :  एक अर्ब ३४ करोड ७२ लाख राजस्व

२०६९ यता ०७७ सम्म एक अर्ब ३४ करोड ७२ लाख २१ हजार दुुई सय ९९ परीक्षा दस्तुुर बापतको राजस्व संकलन भएको लोक सेवा आयोगको तथ्यांक छ।
आर्थिक वर्ष २०६९/७० मा परीक्षा दस्तुुरबापत १० करोड २९ लाख १६ हजार पाँच, २०७०/७१ मा १३ करोड चार लाख ९५ हजार १०, २०७१/७२ मा १५ करोड २५ लाख १७ हजार नौ सय ७०, २०७२/७३ मा १८ करोड नौ लाख ९७ हजार सात सय २५, २०७३/७४ मा २१ करोड ३२ लाख ८२ हजार दुुई सय ६४, २०७४/७५ मा १३ करोड ८४ लाख ६८ हजार पाँच सय २०, २०७५/७६ मा २५ करोड ८७ लाख ४४ हजार ६ सय ५० र २०७६/७७ मा १६ करोड ९७ लाख ९९ हजार एक सय ५५ रुपैयाँ राजस्व संकलन भएको लोकसेवा आयोगको तथ्यांक छ।

१० वर्षमा साढे ४६ लाख दरखास्त

१० वर्षमा लोकसेवा आयोगमा समावेशी तथा खुुला विज्ञापनबाट ४६ लाख ५५ हजार १ सय ६३ दरखास्त दिएका छन्। एक व्यक्तिले लगातार दुुई तीन वर्षसम्म दरखास्त दिने गर्छन्। त्यसैले प्रत्येक वर्ष दरखास्त दिने व्यक्ति दोहोरिने आयोगका सूचना अधिकारी सुुवेदी बताउँछन्। ‘०७५÷७६ मा दरखास्त दिनेको संख्या घटेको भए पनि ०७६÷७७ मा बढेको छ,’ उनले भने।

जसमा दश वर्षमा २२ लाख ९१ हजार ३ सय ४५ जना महिलाले दरखास्त दिएका छन् भने २३ लाख ६३ हजार आठ सय १८ पुुरुषले दरखास्त दिएको तथ्यांक छ।
दश वर्षमा महिला भन्दा ७२ हजार चार सय ७३ जना पुुरुषले बढि दरखास्त दिएका रहेछन्।

दरखास्त दिने कुुन वर्ष कति ?

आर्थिक वर्ष : २०६७/६८

  • कुल दरखास्त : २,५१,६५१
  • महिला : १,१०,३०७
  • पुरुष : १,४१३४४

आर्थिक वर्ष : २०६८/६९

  • कुल दरखास्त : २,७१,५७७
  • महिला : १,१३,७८५
  • पुरुष : १,५७,७९२

आर्थिक वर्ष : २०६९/७०

  • कुल दरखास्त : ३,६८,८००
  • महिला : १,७३,४१८
  • पुरुष : १,९५,३८७

आर्थिक वर्ष : २०७०/७१

  • कुल दरखास्त : ५,६०,९१५
  • महिला : २,५५,२३४
  • पुरुष : ३,०५,६८१

आर्थिक वर्ष : ०७१/७२

  • कुल दरखास्त : ५,९९,६६८
  • महिला : ३,६०,५०६
  • पुरुष : २,३९,१६२

आर्थिक वर्ष : ०७२/७३

  • कुल दरखास्त : ५९४३८०
  • महिला : ३,१८,५०३
  • पुरुष : २,७५,८७७

आर्थिक वर्ष : ०७३/७४

  • कुल दरखास्त : ८,४४,२९७
  • महिला : ३,८२,४८५
  • पुरुष : ४,६१,८१२

आर्थिक वर्ष : २०७४/७५

  • कुल दरखास्त : ५,६७,८५३
  • महिला : २,९६,७०४
  • पुरुष : २,७१,१४९

आर्थिक वर्ष : ०७५/७६

  • कुल दरखास्त : १,४३,८४०
  • महिला : ७०,५७८
  • पुरुष : ७३,१७५

आर्थिक वर्ष : २०७६/७७

  • कुल दरखास्त : ४५१५२६
  • महिला : २,०९,८२५
  • पुरुष : २,४१,७०१

१३ वर्षमा ५३ हजार सिफारिस

२०६४ यता १३ वर्षमा लोकसेवा आयोगबाट समावेशी तथा खुुला विज्ञापनबाट ५३ हजार चार सय ५० जनालाई सिफारिस गरिएको आयोगका सूचना अधिकारी सुुवेदी बताउँछन्। उनका अनुसार, विभिन्न तहको परीक्षा सकिएपछि सिफारिस गरिन्छ।

यो अवधिमा समावेशी विज्ञापनबाट २१ हजार ६ सय ४९ जनालाई सिफारिस गरिएको छ भने खुुला विज्ञापनबाट ३१ हजार आठ सय एक जनालाई सिफारिस गरिएको छ।

समावेशी विज्ञापन मध्येबाट सात हजार तीन सय ३१ महिला, पाँच हजार सात सय ५४ आदिवासी जनजाति, चार हजार सात २१ मधेसी, एक हजार नौ सय ७१ दलित, नौ सय ९६ अपाङ्गता भएका, सात सय ७३ पिछडिएको क्षेत्रबाट सिफारिस गरिएको सूचना अधिकारी सुवेदीको भनाइ छ।

सिफारिस कुुन वर्ष कति ?

आर्थिक वर्ष २०६४/६५

समावेशी : ९२८
(महिला : ३६६, आदिवासी जनजाति ः २४५, मधेसी ः १८३, दलित ः ८४, अपांगता भएका ः ३३, पिछडिएको क्षेत्रबाट ः १७ जना।)
खुुला : २२२८

आर्थिक वर्ष २०६५/६६
समावेशी : ३६५
(महिला : ११७, आदिवासी जनजाति : ९४, मधेसी : ९१, दलित : ३६, अपांगता भएका : १५, पछाडि परेको क्षेत्रबाट : १२)
खुुला : ८४०

आर्थिक वर्ष २०६६/६७

समावेशी : १४३१
(महिला : चार सय ९५, आदिवासी जनजाति : ३६८, मधेसी : ३१९, दलित : १४२, अपांगता भएका : ६४, पिछडिएको क्षेत्रबाट : ४३ जना।)
खुला :  २०८०

०००

आर्थिक वर्ष २०६७/६८

समावेशी : १३४९
(महिला : ४७१, आदिवासी जनजाति : ३७१, मधेसी : ३००, दलित : १०५, अपांगता भएका : ५९, पिछडिएको क्षेत्रका : ४३ जना।)
खुुला : २४८७

आर्थिक वर्ष : ०६८/६९

समावेशी : १०१३
(महिला : ३५२, आदिवासी जनजाति : २८०, मधेसी : २१२, दलित : ९९, अपांगता भएका : ४०, पिछडिएको क्षेत्रबाट : ३० जना।)
खुुला : १८०५

आर्थिक वर्ष : २०६९/७०

समावेशी : ११३६
(महिला : ३७२, आदिवासी जनजाति : ३१८, मधेसी : २५४, दलित : १०६, अपांगता भएका : ५१, पिछाडिएको क्षेत्रबाट : ३५ जना।)
खुुलाबाट : १७०७

आर्थिक वर्ष ०७०/७१

समावेशी : १८५४
(महिला : ६२६, आदिवासी जनजाति : ५०९, मधेसी : ३८४, दलित : १७३, अपांगता भएका : ९१, पिछडिएको क्षेत्रबाट : ७१ जना।)
खुुला : २७६७

आर्थिक वर्ष २०७१/७२

समावेशी : १९७९
(महिला : ६३९, आदिवासी जनजाति : ५४७, मधेसी : ४५४, दलित : १६८, अपांगता भएका : ९५,पिछडिएको क्षेत्रबाट : ७६ जना।)
खुुला : २७८३

आर्थिक वर्ष २०७२/०७३

समावेशी : २३३८
(महिला : ७९७, आदिवासी जनजाति : ६२९, मधेसी : ५०३, दलित : २१३, अपांगता भएका : १०१, पिछडिएको क्षेत्रबाट : ९५ जना।)
खुला : ३३०३

आर्थिक वर्ष २०७३/७४

समावेशी : ४०२६
(महिला : १३८३, आदिवासी जनजाति : १०२६, मधेसी : ९०१, दलित : ३८५, अपांगता भएका : १८९, पिछाडिएको क्षेत्रबाट : १४२ जना।)
खुला : ५२७३

आर्थिक वर्ष : ०७४/७५

समावेशी : ३२४४
(महिला : १०८८, आदिवासी जनजाति : ८५८, मधेसी : ७११, दलित : २९२, अपांगता भएका : २६३, पिछडिएको क्षेत्रबाट : १३२ जना।)
खुला : ४००७

आर्थिक वर्ष : २०७५/७६
समावेशी : १८८३
(महिला : ६२५, आदिवासी जनजाति : ५०९, दलित : १६८, अपांगता भएका : ९५, पिछाडिएको क्षेत्रबाट : ७७ जना।)
खुला : २३९४

आर्थिक वर्ष : २०७६/७७

समावेशी : १०३
महिला : ३९, आदिवासी जनजाति : २६, मधेसी : २४, दलित : ७, अपांगता भएका : ३, पिछडिएको क्षेत्रबाट : ४ जना।)
खुला : १३०।

पछिल्लो १० वर्ष अर्थात् २०६७÷६८ देखि २०७६/७७ सम्म ४५ हजार पाँच सय ८१ सिफारिस भएका छन्। आयोगले महिलाको कोटामा कुन जात, समुदाय वा क्षेत्रबाट कतिले निजामती सेवामा प्रवेश गरे भन्ने तथ्यांक निकालेको छैन। त्यस्तै, दलित, मधेसी, आदिवासी जनजाति, अपांगता भएका र पिछडिएको क्षेत्रबाट महिला वा पुरुषको तथ्यांक राखेको छैन।

 

प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्