असोज ३ का लागि जुर्यो इन्द्रजात्राको साइत
काठमाडौं, भदौ ११ : नेपाल पञ्चांग निर्णायक समितिले इन्द्रजात्राको साइत जुराएको छ। समितिले असोज ३ गते आइतबारका लागि साइत जुराएको हो।समितिले साइत प्रकाशन...
काठमाडौं, भदौ ११ : नेपाल पञ्चांग निर्णायक समितिले इन्द्रजात्राको साइत जुराएको छ। समितिले असोज ३ गते आइतबारका लागि साइत जुराएको हो।
समितिले साइत प्रकाशन गरेसँगै नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड पालन गरी जात्रा सञ्चालन गर्ने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्यले काठमाडौं प्रेसलाई जानकारी दिए।
कोराना संक्रमणलाई मध्यनजर गर्दै यसपटकको जात्रा सञ्चालनमा भिडभाड हुन नदिने, मास्क, पन्जा सेनिटाइनजरको अनिवार्य प्रयोग गराइने, खल (समूह) अन्तर्गतका गुठियारहरूलाई कोभिडविरुद्धको खोप प्रदान गर्नेलगायत व्यवस्था मिलाइने शाक्यले बताए।
यसपालि रथ तान्नेको संख्या पनि सीमित गराइने उनको भनाइ थियो। कुमारी, भैरव तथा गणेशलाई पनि खोपको व्यवस्था हुनुपर्नेमा उनले जाेड दिए। बाँकी अन्य व्यवस्थापकीय विषयमा नेपाल सरकारसँग चाँडै नै छलफल हुने अध्यक्ष शाक्यले जनाए।




-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
