Kathmandu Press

रातु नदीले तटबन्ध भत्काएपछि गाउँ डुबानमा

रातु नदीले तटबन्ध भत्काएपछि गाउँ डुबानमा

जनकपुरधाम, भदौ ११ : बुधबारदेखिको निरन्तर वर्षाका कारण रातु नदीमा आएको बाढीले चार ठाउँमा तटबन्ध भत्काएको छ।

बाढीले  महोत्तरीको बलबा नगरपालिका-४ स्थित तिलगढमा रहेको तटबन्ध भत्काएको हो।

तटबन्ध भत्किएर बाढी पसेपछि तिलगढ गाउँका ९ सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४०० मिटर बाँध भत्काएको जनाइएको छ।

बाढीले बलवा-११ रौजा तटबन्ध कटान गर्दा रौजा मजारलगायत बस्तीमा बाढी पसेको छ। 

हाल जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नेपाली सेना तथा अन्य सुरक्षा निकायको टोली परिचालन गरिुउको र उद्धार कार्य भइरहेको जनाइएको छ।

भीषण वर्षासँगै रातुसहति विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरीलगायतका नदीमा बाढी आउँदा तटीय क्षेत्रका २ दर्जनभन्दा बढी गाउँ जोखिममा परेका छन्।

प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्