Kathmandu Press

भेरी नदीले पार गर्‍यो सतर्कता तह

काठमाडौं, भदौ ११ : अविरल वर्षका कारण भेरी नदीले सतर्कता तह पार गरेको छ।भेरी नदी जामु जल मापन केन्द्रले गरेको शुक्रबार बिहान साढे...
भेरी नदीले पार गर्‍यो सतर्कता तह
फाइल तस्बिर

काठमाडौं, भदौ ११ : अविरल वर्षका कारण भेरी नदीले सतर्कता तह पार गरेको छ।

भेरी नदी जामु जल मापन केन्द्रले गरेको शुक्रबार बिहान साढे १० बजे नदीको सतह मापन गरेको थियो।

सोही मापनका आधारमा नदीले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना दिएको छ।

पानीको सतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्