सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं, भदौ ११ : नेपाली बजारमा सुनको मूल्य उकालो लागेको बढेको छ।सुन तोलामा ५ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
काठमाडौं, भदौ ११ : नेपाली बजारमा सुनको मूल्य उकालो लागेको बढेको छ।
सुन तोलामा ५ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज (शुक्रबारं) छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा करोबार भएको थियो।
तेजाबी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
आज चाँदीको मूल्य भने घटेको छ। बिहीबार १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:१५ बजे, शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1789304248.jpg)





