Kathmandu Press

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिटमा आज सुनुवाइ 

काठमाडौं, भदौ ११ : संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा शुक्रबार (आज) सुनुवाइ हुँदैछ।पूर्ववर्ती ओली सरकारले ल्याएको अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता...
संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिटमा आज सुनुवाइ 

काठमाडौं, भदौ ११ : संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा शुक्रबार (आज) सुनुवाइ हुँदैछ।

पूर्ववर्ती ओली सरकारले ल्याएको अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

सोही रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले संवैधानिक इजलासमा सुनुवाइ गर्दैछन्।

यसअघि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश-२०७८ जारी गरेपछि संवैधानिक परिषद्ले अख्तियार, लोकसेवा आयोग, निर्वाचन आयोगलगायतमा पदाधिकारी नियुक्ति गरिएको थियो।

अध्यादेश खारेज गरी त्यसका आधारमा गरिएका सबै नियुक्ती बदर हुनुपर्ने माग रिटमा गरिएको छ। 

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्