Kathmandu Press

कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप लगाइने

काठमाडौं, भदौ ११ : कक्षा १२ का विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप लगाइने भएको छ।जापानले उपलब्ध गराएको एस्ट्राजेनेका खोप यसअघि कोभिशिल्ड खोप लगाएका...
कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप लगाइने

काठमाडौं, भदौ ११ : कक्षा १२ का विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप लगाइने भएको छ।

जापानले उपलब्ध गराएको एस्ट्राजेनेका खोप यसअघि कोभिशिल्ड खोप लगाएका नागरिकलाई लगाइएको थियो। कोभिशिल्डको पहिलो डोज लगाएका सबैलाई एस्ट्राजेनेकाको दोस्रो डोज दिइएको स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले जनाएका छन्।

अब बाँकी रहेको खोप कक्षा १२ का विद्यार्थी लगाउने पुग्ने उनले जनाएका छन्। राज्यमन्त्री श्रेष्ठले ट्वीटमार्फत जानकारी दिँदै भनेका छन्, 'जापान सरकारबाट अनुदानमा उपलब्ध एष्ट्राजेनेका खोप पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका सबैलाई वितरण गरिसकिएको छ। र बाँकी खोप कक्षा १२ का परीक्षार्थीलाई दुवै मात्रा उपलब्ध गराउन पुग्ने देखिएकोले चाँडै परिक्षार्थी लक्षित गरी कोभिड-१९ विरुद्धको खोप देशभर वितरण गर्न लागेका छौं।'

यससँगै बेलायत सरकारबाट पनि एस्ट्राजेनेका खोप उलब्ध भएको छ। कोभ्याक्स सुविधामार्फत बेलायतले एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको राज्यमन्त्री श्रेष्ठले जनाएका छन्।

प्रकाशित मिति: ०८:१९ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्