Kathmandu Press

आज देशभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, भदौ ११ : मनसुनी वायुको प्रभावले आज देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम...
आज देशभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, भदौ ११ : मनसुनी वायुको प्रभावले आज देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

आज बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

आज दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखालो जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।

शुक्रबार राति पनि देशैभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा स्थानमा भीषण वर्षाको सम्भावना छ।

प्रकाशित मिति: ०७:०३ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्