काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु
काठमाडौं, भदौ १० : अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको छ ।विस्फोटमा हताहतीको सङ्ख्याबारे स्पष्ट नभएपनि कम्तीमा ११ जनाको मृत्यु भएको एक तालिबान...
काठमाडौं, भदौ १० : अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको छ ।
विस्फोटमा हताहतीको सङ्ख्याबारे स्पष्ट नभएपनि कम्तीमा ११ जनाको मृत्यु भएको एक तालिबान अधिकारीले जनाएका छन् । ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमा यूकेको कोही सैनिक परेको खबर आफूहरूले नपाएको जनाएको छ। विस्फोटमा थुप्रै तालिबान सुरक्षागार्डहरू पनि घाइते भएको उनले बीबीसीलाई बताए।
विमानस्थलबाहिर अझै गोली चलेको आवाज सुन्न सकिने केही रिपोर्टहरूमा जनाइएको छ। हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको घटना भएको छ। पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत गराएका छन्।
उद्धारको आशामा विमानस्थलमा अझै हजारौँ मानिस कुरिरहेका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार बुधवार करिब साढे १३ हजार मानिसलाई उद्धार गरिएको छ।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
