Kathmandu Press

सबै परीक्षार्थीहरुलाई कोरोना खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं, भदौ १० : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १२ कक्षा र त्यो भन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड १९ विरुद्धको खोप लगाउन...
सबै परीक्षार्थीहरुलाई कोरोना खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं, भदौ १० : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १२ कक्षा र त्यो भन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड १९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना जारी गर्दै १२ कक्षा र सो भन्दा माथिका विद्यार्थीको लागि कोभिड–१९ विरुद्घको खोपको प्रबन्ध मिलाइसकेकोले १८ वर्ष वा सो भन्दा बढी उमेरका समूहका सबै परीक्षार्थीले परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराईएको प्रवेश पत्र लिएर तोकिएको खोप केन्द्रबाट खोप सेवा लिन आग्रह गरेका छन् ।

खोप लगाउन आउने परीक्षार्थीहरुलाई खोप लगाउन कार्यमा आवश्यक सहयोग, सञ्चार, समन्वय एवं सहजीकरण गर्न शैक्षिक संस्था तथा सरोकारवालाहरुलाई मन्त्रालयले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्