काबुलबाट आज थप ११ जना नेपालीको उद्दार, ४२ जना उद्दारको पखाईमा
काठमाडौं, भदौ १० : आज थप ११ जना नेपालीलाई काबुलबाट उद्दार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्दार गरिएका ती नेपालीलाई दिल्ली लगिएको...
काठमाडौं, भदौ १० : आज थप ११ जना नेपालीलाई काबुलबाट उद्दार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्दार गरिएका ती नेपालीलाई दिल्ली लगिएको र काठमाडौं ल्याउने तयारी भैरहेको समेत मन्त्रालयले जनाएको छ ।
यस्तै, अन्य ४२ जना नेपाली काबुलका विभिन्न स्थानमा उद्दारको पर्खाइमा रहेको समेत परराष्ट्रले जनाएको छ । विमानस्थल बाहिर भीड जम्मा भएकाले एकीकृत गरिएका ती नेपालीलाई उद्दारका लागि समन्वय भैरहेको मन्त्रालयको भनाइ छ ।
अफगानिस्तानबाट उद्दार गरेर दोहा, दुबई, लन्डन र नयाँ दिल्लीमा राखिएका नेपालीलाई काठमाडौंसम्म ल्याउनको लागि निरन्तर समन्वय भैरहेको समेत परराष्ट्रले जनाएको छ ।काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म पनि खुलिसकेको छैन।
प्रकाशित मिति: १९:२१ बजे, बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
