Kathmandu Press

एक वर्षमा १० खर्ब विप्रेषण भित्रियो

काठमाडौं, भदौ १० : कोरोना कहरका कारण प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको गतिविधि कम भए पनि विप्रेषण आप्रवाहमा भने सकारात्मक प्रभाव देखिएको छ। सरकारले...
एक वर्षमा १० खर्ब विप्रेषण भित्रियो

काठमाडौं, भदौ १० : कोरोना कहरका कारण प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको गतिविधि कम भए पनि विप्रेषण आप्रवाहमा भने सकारात्मक प्रभाव देखिएको छ। 

सरकारले हुण्डी जस्ता अवैध कारोबारलाई नियन्त्रण गरेका कारण पनि वैधानिक माध्यमबाट विप्रेषण भित्रने क्रममा वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०७७/७८ को विवरणअनुसार झण्डै १० खर्ब रुपैयाँ बराबरको विप्रेषण मुलुक भित्रिएको छ। 

केन्द्रीय बैंकका अनुसार विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई नौ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो। 

आव २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ६२.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो सङ्ख्या २०.५ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो सङ्ख्या ३४.७ प्रतिशतले घटेको थियो। आव २०७७/७८ मा खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ७१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो। 

प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, भदौ १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्