Kathmandu Press

विप्लवको पार्टीले लियो धनगढी विस्फोटको जिम्मा

धनगढी, साउन ३ : हिजो बेलुकी धनगढीमा भएको बम विस्फोटको जिम्मामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ।

शुक्रबार नेक....

विप्लवको पार्टीले लियो धनगढी विस्फोटको जिम्मा
काठमाडौं प्रेस

धनगढी, साउन ३ : हिजो बेलुकी धनगढीमा भएको बम विस्फोटको जिम्मामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ।

शुक्रबार नेकपा सेती महाकाली ब्यूरोले प्रेस विज्ञप्ति जारी गरी बम विस्फोटको जिम्मा लिएको हो। नेकपा सेती महाकाली ब्यूरो ईन्चार्ज निर्माणको नामबाट जारी विज्ञप्तिमा यसको दोष भने सरकारलाई दिएको छ।

हिजो बेलुकी ७ बजे धनगढीको शहीद गेटनजिकै रहेको निलम होटलमा बम विस्फोट भएको थियो। विस्फोटमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बम बोकेका राम सिंहको उपचारका क्रममा मृत्यु भएको छ। नेकपाले रामलाई शहीद घोषणा गरेको छ।

‘पार्टी कामको शिलशिलामा आत्म सुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा सहादत प्राप्त राम सिंह ‘क.राजेश’लाई एकीकृत जनक्रान्तिका महान शहीद घोषणा गर्दै वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।’

नेकपाले यसबाट सर्वसाधारणमा परेको असहजताका लागि दुःख व्यक्त गरेको छ। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीसँग आग्रह गरेको छ।

याे पनि : धनगढी बम विस्फाेटमा घाइते युवकको मृत्यु

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, साउन ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्