Kathmandu Press

वाइसिएलको भेला भदौ १२ र १३ गते काठमाडौंमा, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं, भदौ १० : योङ कम्युनिस्ट लिग (वाइसिएल) को राष्ट्रिय भेला यही भदौ १२ र १३ गते काठमाडौंमा हुने भएको छ। बिहीबार राजधानीमा...
वाइसिएलको भेला भदौ १२ र १३ गते काठमाडौंमा, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं, भदौ १० : योङ कम्युनिस्ट लिग (वाइसिएल) को राष्ट्रिय भेला यही भदौ १२ र १३ गते काठमाडौंमा हुने भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर वाइसिएलले जानकारी दिएको हो।

भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने  जनाइएको छ।

वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर भेला भर्चुअल माध्यमबाट सम्पन्न गर्ने पनि उल्लेख छ। 

भेलामा ६ सय ४७ प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने वाइसिएलले बताएको छ। भेला सम्पन्न गर्ने प्रयोजनार्थ सातै प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरू प्रदेश १ को विराटनगर, २ को महोत्तरी बर्दिबास, बागमती र विशेष प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरामा भेला हुनेछन्।

त्यसैगरी लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढी गरी सात स्थानमा प्रतिनिधि एवं पर्यवेक्षक भेला हुनेछन्। 

भेला भएकै ठाउँबाट होस्ट गरिने र भेलाले युवाहरूको प्रविधिमैत्री चेतना स्थापित गर्ने विज्ञप्तिमा उल्लेख छ। संगठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको निर्वाचनलगायत विषयमा भेलाले निर्णय गर्ने बताइएको छ।

प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्