Kathmandu Press

२४ घण्टामा २६ जनाको मृत्यु, २४३३ मा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ। 
२४ घण्टामा २६ जनाको मृत्यु, २४३३ मा संक्रमण पुष्टि

काठमाडौं, भदौ १० : पछिल्लो २४ घण्टामा नेपालमा थप २४३३ जनामा कोरोना संक्रमण देखिएको छ। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार ३ सय ७४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ३३ जनामा कोरोना पुष्टि भएको हो। 

मन्त्रालयलका अनुसार सोही अवधिमा थप २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्