बाजुरामा जीप दुर्घटना, दुईको मृत्यु, ११ घाइते
बाजुरा, साउन ३ : जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
जगन्नाथ गाउँपालिकाको पि....

बाजुरा, साउन ३ : जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नं.को जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दुर्घटनामा जीप चालक रमेश बोगटी र मुगुका रामबहादुर शाहीको मृत्यु भएको छ।
दुर्घटनामा जगन्नाथ गाउँपालिका–५ गोत्रीका टक्क लुहार, अम्मकला लुहार, महेश्वरी लुहार, जनु लुहार, हिमाली गाउँपालिका लालवीर चदारा घाइते भएका छन्। घाइतेमध्ये टक्क र अम्मकलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते बाँकी चार जनाको नाम खुल्न सकेको छैन। लगातारको पानीले सडक चिप्लो र उकालो भएकाले उकालोमा चढ्न नसकी चिप्लिएर दुर्घटना भएको जनाएको छ।

-1784896419.png)









