Kathmandu Press

धनगढी बम विस्फाेटमा घाइते युवकको मृत्यु

धनगढी, साउन ३ : बिहीबार बेलुकी धनगढीमा भएको बम विस्फोटमा घाइते भएका एक जनाको मृत्यु भएको छ।

धनगढीको शहीद गेटनजिकै रहेको निलम होटलमा बेलुकी ७....

धनगढी बम विस्फाेटमा घाइते युवकको मृत्यु
काठमाडौं प्रेस

धनगढी, साउन ३ : बिहीबार बेलुकी धनगढीमा भएको बम विस्फोटमा घाइते भएका एक जनाको मृत्यु भएको छ।

धनगढीको शहीद गेटनजिकै रहेको निलम होटलमा बेलुकी ७ बजेति बम विस्फोट हुँदा घाइते भएका बझाङका ३५ वर्षीय राम सिंहको उपचारका क्रममै मृत्यु भएको प्रहरीले  जनाएको छ।  विस्फोटमा पाँच जना घाइते भएका थिए।

विस्फोटमा उनको कम्मरमूनिको भाग क्षतविक्षत भएको थियो। धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेका अन्य चार जनामध्ये लक्ष्मण सेरेलाको अवस्था गम्भीर रहेको छ। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का लक्ष्मणको शरीरमा रहेका फलामका टुक्रा शल्यक्रिया गरेर निकालिएको भएपनि अवस्था गम्भीर रहेको छ।

त्यस्तै, विस्फोटमा होटल संचालक केशवराज पाण्डे, होटलमा चिया खान बसेका भारतको लखिमपुरका मोबिन खान र धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। तीन जना अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

प्रहरीका अनुसार, रामले बोकेको टिफिन बम विस्फोट भएको हो। झोलामा बोकेको बम विस्फोट भएकाले रामलाई बढी चोट लागेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए।

प्रत्यक्षदर्शीका अनुसार, उनी झोलासहित होटलभित्र प्रवेश गरेका थिए। उनी बेन्चमा बस्ने वितिक्कै विस्फोट भएको थियो। राम र लक्ष्मण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता भएको प्रहरीको अनुमान छ।

प्रहरीले घटनास्थलमा एउटा ९ एमएमको चीनियाँ पेस्ताल भेटाएको छ। पेस्तोल ‘लोडेड’ अवस्थामा रहेको छ।

प्रकाशित मिति: ११:१९ बजे, शुक्रबार, साउन ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्