Kathmandu Press

अब सरकारमा सहभागी हुन सजिलो भयोः एकीकृत समाजवादी अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ दल दर्तासँगै सरकारमा सहभागी हुन सहज भएको बताएका छन्।
अब सरकारमा सहभागी हुन सजिलो भयोः एकीकृत समाजवादी अध्यक्ष नेपाल

काठमाडौं, भदौ १० : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ दल दर्तासँगै सरकारमा सहभागी हुन सहज भएको बताएका छन् ।

आफूहरू पनि यसअघि सत्ता गठबन्धनमा सहभागी रहेको तर पाँचदलीय गठबन्धन भन्नसमेत अप्ठ्यारो परेको उनले बताए ।

पार्टी निर्वाचन आयोगमा दर्तापछि पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले अब पाँचदलीय गठबन्धन भन्न सहज भएको बताए ।

आफूहरू सत्ता गठबन्धनकै एक घटक भएकाले सरकारमा नजाने कुरा नहुने उनले प्रष्ट्याए । र, पाँच दलीय गठबन्धनमा अब अझ अगाडि बढ्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्