Kathmandu Press

इरानका नयाँ मन्त्रीको नामावली संसदद्वारा पारित

तेहरान, भदौ १० : इरानका नयाँ मन्त्रीको नामावली संसदद्वारा पारित भएको छ। राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसद्मा पेस गरेर पारित गराउनु पर्ने व्यवस्थाअनुसार नामावली पेस...
इरानका नयाँ मन्त्रीको नामावली संसदद्वारा पारित

तेहरान, भदौ १० : इरानका नयाँ मन्त्रीको नामावली संसदद्वारा पारित भएको छ। 

राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसद्मा पेस गरेर पारित गराउनु पर्ने व्यवस्थाअनुसार नामावली पेस गरिएको थियो। 

राष्ट्रपति इब्राहिम रायसीले पेस गरेको नामावलीअनुसार १८ जना मन्त्रीको नाम संसद्बाट पारित भएको हो। 

उनले १९ जनाको नामावली पेस गरेकोमा १८ जनाको मात्रै पारित भएको र एक जनाको भने पारित नभएको संसद् सचिवालयले जनाएको छ। 

शिक्षा मन्त्रीका लागि प्रस्तावित एक व्यक्तिका लागि भने आवश्यकताअनुसारको समर्थन नपुगेको जानकारी दिइएको छ। 

उनले संसदमा गत शनिबार नामावली पेस गर्नु भएकोमा सबैका बारेमा सांसदले छलफल गरेर मङ्गलबार विश्वासको मत दिएको जनाइएको छ।

मन्त्रीका लागि अनुमोदन भएकाको नामावली राष्ट्रपति कार्यालयको आधिकारीक वेभसाइडमा राखिएको छ।  
 

प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, भदौ १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्