Kathmandu Press

एमालेको सम्पत्तिमा कानूनले जे भन्छ, त्यही गरौँलाः नेपाल

 नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनपछि एमालेको अर्बौँको सम्पत्ति कानूनमा व्यवस्थाअनुसार दाबी गर्ने, नगर्नेबारे निर्णय लिइने बताएका छन् ।
एमालेको सम्पत्तिमा कानूनले जे भन्छ, त्यही गरौँलाः नेपाल

काठमाडौं, भदौ १० : नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनपछि एमालेको अर्बौँको सम्पत्ति कानूनमा व्यवस्थाअनुसार दाबी गर्ने, नगर्नेबारे निर्णय लिइने बताएका छन् ।

नवगठित पार्टीको धारणा सार्वजनिक गर्न निर्वाचन आयोगमा पार्टी दर्ता भएपछिको पहिलो पत्रकार सम्मेलनमा आएका प्रश्नहरूका जवाफ दिँदै अध्यक्ष नेपालले आफैँले एमालेको त्यो सम्पत्ति जम्मा पारेको र कानूनअनुसार हक नलाग्ने भए नयाँ पार्टीमा पनि जम्मा गर्न सकिने उनले बताए ।

विगतमा पार्टी विभाजन हुँदा सम्पत्ति पनि बाँडफाँट भएको सुनिएको उनले उल्लेख गरे ।

प्रकाशित मिति: १५:१४ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्