महोत्तरीमा एक वर्षमा पानीमा डुबेर २७ बालबालिकाको मृत्यु
महोत्तरी, साउन ३ : पानीमा डुबेर मृत्यु हुने बालबालिकाको संख्या बढ्दै गएको छ। गत एक वर्षमा महोत्तरीका २७ बालबालिकाको ज्यान गएको छ।
जिल्ला प्र....

महोत्तरी, साउन ३ : पानीमा डुबेर मृत्यु हुने बालबालिकाको संख्या बढ्दै गएको छ। गत एक वर्षमा महोत्तरीका २७ बालबालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार, असारमा मात्रै सात बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ। उनीहरू सबै १२ वर्षभन्दा मूनिका थिए।
प्रहरीका अनुसार, हरेक महिना पानीमा डुबेर बालिबालिकाको मृत्यु हुने गरेको पाइएको छ। गत एक वर्षमा पानीमा डुबेर र बगेर २७ बालबालिकाको मृत्यु भएएको प्रहरीको तथ्यांक छ।
उनीहरू सात महिनादेखि १२ वर्षसम्मका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम अधिकारीले बताए।
असारमा मात्रै बाढी र डुबानमा परेर सात बालबालिकाको मृत्यु भएको छ। सातमध्ये चार १२ वर्षमूनिका रहेका छन्।
उनीहरूमध्ये अधिकांश पोखरीमा डुबेका छन्। प्रहरीको तथ्यांकअनुसार, १२ बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।
केहीको घर अगाडि जमेको पानीमा डुबेर पनि ज्यान गएको छ। प्रहरीको अभिलेखक अनुसार, दुईको घर अगाडि जमेको पानीमा डुबेर र दुईको घरमै राखिएको पानीको भाँडामा डुबेर मृत्यु भएको छ।
अभिभावकको वेवास्ताका कारण बालबालिकाले ज्यान गुमाउनु परेको प्रहरीको भनाइ छ। नदी र पोखरीमै तीन वर्षदेखि १० वर्षका बालबालिका नुहाउन जाँदा घरका अभिभावक बेखबर देखिएको पाइएको प्रहरी उपरीक्षक अधिकारी बताए।

-1784896419.png)









