Kathmandu Press

अफगानिस्तानको विमानस्थलमा सुरक्षा खतरा रहेको अमेरिका र बेलायतको भनाइ

काबुल, भदौ १० : अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका छन्। यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजान पनि...
अफगानिस्तानको विमानस्थलमा सुरक्षा खतरा रहेको अमेरिका र बेलायतको भनाइ

काबुल, भदौ १० : अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका छन्। 

यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजान पनि आदेश दिएका छन्। यदि विमानस्थलमा पुगेको भए पनि त्यहाँबाट फर्किन उनीहरुले बुधबार सूचना जारी गरेका छन्।

सूचनामा विमानस्थलमा पुगेकालाई पनि त्यहाँ नबस्न र अन्यत्र कतै जान भनिएको छ। अमेरिका र बेलायतले नै बुधवार सो सूचना जारी गरेको समाचारमा जनाइएको छ।

Hardik ivf

अहिले पनि काबुल विमानस्थलमा कम्तीमा दश हजार विदेशी नागरिक रहेका छन्। आफ्नो देश फर्किनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारण बसेका छन्।

तालिबानले काबुल नियन्त्रणमा लिएपछि यो विमानस्थलबाट ८० हजारभन्दा बढी मानिसलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ। उता अमेरिका र उसको नेटो गठबन्धनका सदस्य राष्ट्रले अगस्ट ३१ भित्र आफ्ना नागरिक तथा आफ्नो देश फर्किन विमानस्थलमा बसेका अरु देशका मानिसको उद्धार सम्पन्न गरिसक्ने जनाएका छन्।

विमानस्थलमा इस्लामिक स्टेट्सका अतिवादी समूहबाट सुरक्षा खतरा रहेको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा उल्लेख गरिएको छ।

विमानस्थलमा भीडभाडमा खटेका अफगान सैनिक पनि आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको प्रतिवेदनमा जनाइएको छ।

उता तालिबानले भने विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको छ। उनीहरुले पनि सो विमानस्थलमा सुरक्षा दिइरहेका बताइएको छ।

अमेरिकी राष्ट्रपति जोन बाइडेनले पनि अफगानिस्तानकै स्थानीय इस्लामिक स्टेटका कारण उक्त विमानस्थलमा सुरक्षा खतरा रहेको बताएका थिए।
 

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्