Kathmandu Press

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

नयाँ दिल्ली, भदौ १० : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ।यसअघि गत सोमबार दैनिक संक्रमितको संख्या १६० दिन पछिकै सबैभन्दा...
भारतमा फेरि बढ्यो कोरोना संक्रमण

नयाँ दिल्ली, भदौ १० : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ।

यसअघि गत सोमबार दैनिक संक्रमितको संख्या १६० दिन पछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो।

सरकारी अधिकारीले गत सोमबार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ संक्रमित भएका थिए । तर बिहीबार सार्वजनिक गरिएको विवरणमा भने ४६ हजार १६४ नयाँ संक्रमित थपिएको उल्लेख छ। 

मृतकको संख्या पनि अहिले बढेको छ। पछिल्लो एक दिनमा ६०७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन्। गत सोमबार ३८९ जनाको मृत्यु भएको थियो।

महामारीबाट पछिल्लो समय सबैभन्दा बढी केरला राज्य बढी प्रभावित भएको छ। केरलामा मात्रै ३१ हजार ४४५ जना नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी केरलामा पछिल्लो एक दिनमा २१५ जनाको मृत्यु भएको छ।

केरलामा अहिले एक लाख ७० हजार २९२ सक्रिय संक्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड २५ लाख ५८ हजार ५३० जना रहेका छन्। तीमध्ये तीन लाख ३३ हजार ७२५ सक्रिय संक्रमित रहेका छन्। 

भारतमा अहिलेसम्म तीन करोड १७ लाख ८८ हजार ४४० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । तीमध्ये ३४ हजार १५९ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन्।  

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, भदौ १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्