Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, साउन १० : एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ।एमाले विभाजनपछि एमाले केन्द्रीय समितिको यो पहिलो बैठक हो।...
एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, साउन १० : एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ।

एमाले विभाजनपछि एमाले केन्द्रीय समितिको यो पहिलो बैठक हो। बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा १०बुँदे सहमति कार्यान्वयनबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्ने एजेन्डा रहेकाे एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

त्यस्तै पार्टी सदस्यता वितरण र विधान महाधिवेशनबारे पनि आजको बैठकमा छलफल हुनेछ।

नेता माधवकुमार नेपालले एमालेलाइृ विभाजन गरेर नयाँ पार्टी बनाउँदा साथ दिएका केन्द्रीय सदस्यहरुको कारबाही प्रक्रिया अघि बढाउने विषय आज छलफल हुने केन्द्रीय कार्यालयको भनाइ छ।

पार्टी विभाजनविरुद्ध सर्वोच्च आदलतमा जाने विषयमा समेत आज छलफ हुने सा्रतको भनाइ छ।  

प्रकाशित मिति: १३:०६ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्