Kathmandu Press

नवनियुक्त मुख्यमन्त्री आचार्यका भाइ घरमै मृत भेटिए

विराटनगर, भदौ १० : एमाले सचिव भीम आचार्यका भाइ रामप्रसाद आचार्य घरमै मृत भेटिएका छन्।५९ वर्षीय रामप्रसाद आचार्य आज (बिहीबार) बिहान इनवरुवा नगरपालिका-३...
नवनियुक्त मुख्यमन्त्री आचार्यका भाइ घरमै मृत भेटिए

विराटनगर, भदौ १० : नवनियुक्त मुख्यमन्त्री एवं एमाले सचिव भीम आचार्यका भाइ रामप्रसाद आचार्य घरमै मृत भेटिएका छन्।

५९ वर्षीय रामप्रसाद आचार्य आज (बिहीबार) बिहान इनवरुवा नगरपालिका-३ स्थित घरमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतले जनाएको छ।

उनी मृत भेटिएको कोठामा भित्रबाट चुकुल लगाइएको अवस्था पाइएको प्रहरी स्रोतको भनाइ छ।

रामप्रसाद मृत भेटिएको सूचना पाएलगत्तै प्रहरी टोली उनको घर पुगेको जनाइएको छ। ढोका फोडेर हेर्दा उनी मृत भेटिएकाे प्रहरीको भनाइ छ।

उनी मानसिक समस्याले पीडित रहेको र घरमा एक्लै बस्दै आएको जनाइएको छ।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्