Kathmandu Press

गोर्खा फाइनान्सको साधारणसभा भदौ २४ मा

काठमाडौं, भदौ १० : गोर्खा फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारण सभा यही भदौ २४ गते बिहीबार हुने भएकाे छ।बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त...
गोर्खा फाइनान्सको साधारणसभा भदौ २४ मा

काठमाडौं, भदौ १० : गोर्खा फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारण सभा यही भदौ २४ गते बिहीबार हुने भएकाे छ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११ बजे काठमाडौंको सोल्टिमोडस्थित होटल क्राउन इम्पेरियलमा साधारणसभा गर्ने निर्णय गरेको हो।

साधारण सभा भौतिक उपस्थिति र भर्चुअल दुवै तरिकाले हुने कम्पनी सचिव मुकुन्द श्रेष्ठले बताए।

यसअघि गत वैशाख २१ गतेका लागि साधारण सभा तोकिए पनि कोरोना संक्रमणका कारण निषेधाज्ञा जारी भएपछि त्यसलाई स्थगित गरिएको थियो।

प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, भदौ १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्