भारतसँग नेपालले सक्दो सहयोग लिन सक्नुपर्छ : नेपाल
काठमाडौं, साउन २ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आ....

काठमाडौं, साउन २ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक अन्तर्क्रिया वरिष्ठ नेता नेपालले भारत र चीन दुई ठूला छिमेकी मुलुकबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्ने बताएका हुन्। उनले दुई मुलुकबीच घनिष्ट सहकार्य रहँदै आएको र नेपालको समृद्धिका लागि त्यो सहकार्यलाई अझै बढावा दिँदै जानुपर्ने बताए।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको समृद्धिका लागि भारतसँगको सहकार्यलाई अझै जोड दिइएको बताए। उनले दुई मुलुकबीच पर्यटन र व्यापार क्षेत्रमा उल्लेख्य वृद्धि गर्न नेपालले चाहेको पनि स्पष्ट पारे।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपालको समृद्धिका लागि भारत सरकार, त्यहाँका व्यापारीहरु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए।
उनले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध रहि आएको र त्यसलाई अझै सुदृढ बनाउँदै लैजान भारत सरकार तयार रहेको पनि बताए। राजदूत पुरीले नेपाली जनतालाई विपत्तिमा साथ दिन पनि भारत सरकार सधै तत्पर रहेको बताए।

-1784896419.png)









