Kathmandu Press

कर्णालीमा जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

कर्णालीमा जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

जाजरकोट, भदौ १० : कर्णालीमा जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ।

करिब आठ करोड लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए। भेरी नगरपालिका–३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनले बताए।

बुधबार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका छन्। जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापनासँगै सर्वसाधारण जडीबुटीको बजार घर नजिकै आएको भन्दै खुशी भएका छन्।

केन्द्रमा एक वर्षमा १० करोड बराबरको कारोबार हुने बताइएको छ। विसं २०७९ जेठ ११ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरे ज्ञानज्योति बिल्र्डस प्रालि काठमाडौँले निर्माणको जिम्मा लिएको छ।

 

प्रकाशित मिति: ०८:३७ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्