Kathmandu Press

बागलुङको चोकचोकमा एन्टिजिन परीक्षण

बागलुङ, भदौ १० : निषेधाज्ञामा हिँडडुल गर्नेलाई बागलुङमा सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ।सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको छ।...
बागलुङको चोकचोकमा एन्टिजिन परीक्षण

बागलुङ, भदौ १० : निषेधाज्ञामा हिँडडुल गर्नेलाई बागलुङमा सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ।

सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको छ। बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए।

उनका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टिजिन जाँच गरिएको थियो। त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ।

एन्टिजिन परीक्षणलाई हरेक दिन निरन्तरता दिइने उनले बताए। बाटैमा जाँच गर्दा निषेधाज्ञामा कामबिना हिँडडुल गर्ने पनि निरुत्साहित हुने उनको भनाइ छ।

यसअघि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एन्टिजिन परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो। कोरोना परीक्षण गर्न नमान्ने, हिच्किचाउनेलाई पनि सम्झाइबुझाइ गरेर परीक्षण गर्ने गरिएको छ।

एन्टिजिन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ। लक्षण भएका व्यक्तिमा मात्र एन्टिजिनले पोजेटिभ नतिजा देखाउने गरेको जनस्वास्थ्य अधिकृत खनालले बताए। कोरोना सङ्क्रमितको छिटो पहिचान र समुदायमा महामारीको स्थिति पत्ता लगाउन एन्टिजिन विधि उपयुक्त मानिन्छ।

जिल्लामा हालसम्म तीन हजार ४५५ को एन्टिजनबाट कोरोना जाँच गरिएको छ भने २२ हजार २८७ को पीसीआर विधिबाट परीक्षण गरिएको छ। कूल परीक्षणमध्ये सात हजार ४२१ मा कोरोना पुष्टि भएको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३७० मात्र छ। यहाँ कोरोना सङ्क्रमणका कारण ६५ जनाको ज्यान गएको छ। सङ्क्रमणको जोखिम घटाउन गत साउन २८ गतेदेखि यहाँ कडा निषेधाज्ञा छ। (रासस)

 

प्रकाशित मिति: ०८:१४ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्