Kathmandu Press

उच्च र जिल्ला अदालतका २३४ न्यायाधीशको सरुवा, विशेष अदालतको नेतृत्व परिवर्तन (सूचीसहित)

काठमाडौं, साउन २ : न्याय परिषद्ले उच्च र जिल्ला अदालतका २ सय ३४ न्यायाधीशको सरुवा गरेको छ।

बिहीबार बसेको न्याय परिषद्को बैठकले उच्च अदा....

उच्च र जिल्ला अदालतका २३४ न्यायाधीशको सरुवा, विशेष अदालतको नेतृत्व परिवर्तन (सूचीसहित)
फाइल

काठमाडौं, साउन २ : न्याय परिषद्ले उच्च र जिल्ला अदालतका २ सय ३४ न्यायाधीशको सरुवा गरेको छ।

बिहीबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ गरी २३४ न्यायाधीशको एकै पटक सुरुवा गर्ने निर्णय गरेको हो। 

बैठकले विशेष अदालत काठमाडौंको अध्यक्षमा उच्च अदालत दिपायलमा कार्यरत न्यायाधीश विशराज अधिकारीलाई तोक्ने निर्णय पनि गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

विशेष अदालत काठमाडौंका सदस्यहरुमा उच्च अदालत सुर्खेतमा कार्यरत न्याधीश कृष्ण गिरी, उच्च अदालत दिपायलका वालेन्द्र रुपाखेती, उच्च अदालत सुर्खेतमा कार्यरत शान्तिसिंह थापा, उच्च अदालत जनकपुर, अस्थायी इजला वीरगञ्जमा कार्यरत चन्द्रबहादुर सारु र उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत न्यायाधीश डा. रवि शर्मा अर्याललाई सदस्यको जिम्मेवारी दिएको प्रवक्ता कार्कीले जानकारी दिए।

६ जना न्यायाधीशको दरबन्दी रहेको विशेष अदालतमा गत फागुनदेखि तीन जना न्यायाधीशमात्रै कार्यरत थिए। 

हेर्नुस् सरुवाको सूची: 
 

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, साउन २, २०७६