Kathmandu Press

भोलिदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइने

काठमाडौं, भदौ १० : सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज भोलिदेखि लगाउने भएको छ।काठमाडौंमा भदौ ११ देखि १३ गतेसम्म दोस्रो डोज लगाइने...
भोलिदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइने

काठमाडौं, भदौ १० : सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज भोलिदेखि लगाउने भएको छ।

काठमाडौंमा भदौ ११ देखि १३ गतेसम्म दोस्रो डोज लगाइने भएको हो। भेरोसेलको पहिलो डोज लगाउको २१ दिन पुगेका नागरिकलाई दोस्रो डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइनेछ। यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउनेछन्।

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ। भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ।

काठमाडौंका सबै स्थानीय तहमा १४६ खोप केन्द्रका राखिएको छ। यस्तै काठमाडौं महानगरपालिकामा बस्ने सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्रको व्यवस्था गरिएको छ।

जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन्।

प्रकाशित मिति: ११:२८ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्