Kathmandu Press

स्पुतनिक भी खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति

मस्को, भदौ ९ : कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ।  अहिलेसम्म सबैभन्दा...
स्पुतनिक भी खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति

मस्को, भदौ ९ : कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुतनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ।  

अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुतनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो। 

यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। 

Hardik ivf

खोपको विकास गरेको रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआईएफ)ले इन्डोनेसियामा प्रयोग हुन थालेको यो खोप छैटौँ हो। 

इन्डोनेसियामा यसअघि पाँच खोपलाई प्रयोगका लागि अनुमति दिइसकिएकोमा अहिले स्पुतनिक भी थप गरिएको अधिकारीहरूले जनाएका छन्। 

उनीहरूका अनुसार इन्डोनेसियामा सिनोभ्याक, सिनोफर्म, अस्ट्राजेनिका, मोर्डना र फाइजर खोप यसअघि पनि प्रयोग हुँदै आएका थिए। 

कोरोनाभाइरसबाट धेरै प्रभावितहरूको सूचीमा इन्डोनेसिया अहिले १३औँ क्रममा पर्दछ । इन्डोनेसियामा अहिलेसम्म ४० लाख २६ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। 

त्यसैगरी अहिलेसम्म एक लाख २९ हजार २९३ जनाभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। तीमध्ये पछिल्लो एक दिनमा मात्रै एक हजार ४१ जनाको मृत्यु भएको छ।

मृतक र सङ्क्रमितहरूको वृद्धिदर हेर्दा इन्डोनेसियामा अहिले पनि कोरोनाभाइरसको महामारीको असर धेरै नै देखिएको छ

प्रकाशित मिति: २१:०८ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्